TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक

Dil Bhusan Pathak

  • 56 minutes 41 seconds
    “नेपालमा कोरोनाको नयाँ भेरियन्टसहितको दोस्रो लहर पक्का छ । पहिला भन्दा धेरै सावधानी आवश्यक छ ।” - डा. अनुप सुवेदी
    अन्य मुलुकमा जस्तै नेपालमा पनि कोरोनाको दोस्रो लहर सुरु हुन लागेको हो ? भारतमा देखिएको भनिएको कोरोनाका नया“ प्रजाति डबल म्युटेन्ट कोरोना भाइरस कस्तो हो ? यो कति खतरनाक छ ? गत बर्षको लकडाउन र त्यत्रो स्वास्थय सावधानीका वावजुद पनि किन संक्रमण नियन्त्रण हुन सकेन ? के अब दोस्रँे लहर त्यसैगरी फैलिए हाम्रा अहिलेका संरचनाकाले काम गर्न सक्छन् ? लकडाउन नगरी यो रोगबाट पार पाउन सकिन्छ कि सकिंदैन । यस्तो संकटमा आम मानिसको भुमिका के हुन्छ ? यस्तै प्रश्नको जवाफ खोज्न र नया“ खालको संक्रमणबाट बच्ने उपायहरुबारे जानकारी लिन आज मैले संक्रामक रोग बिषेशज्ञ डा अनुप सुवेदीलाई निम्त्याएको छु । उहा“ले पछिल्लो एक बर्षमा टफटकमा आएर धेरै पटक आफ्ना विचार स्वास्थ्य सावधानीका बिषयमा जानकारी दिनुभएको छ ।
    25 March 2021, 12:29 pm
  • 57 minutes 44 seconds
    "ओलीको भलग्यारिटी बढि भयो । अर्का पक्षसँग दिशाबोध नै छैन महत्वकाँक्षा मात्र छ ।" - लेखक/विश्लेषक
    प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते हठात् प्रतिनिधि सभा विघटन गरेपछि राजनीतिक उथलपुथल भएको छ । दुईमहिनापछि सर्बोच्च अदातलले प्रतिनिधि सभा विघटनलाई बदर त गरिदिएको छ, तर त्यसपछिको राजनीतिका गन्तव्य अब के भन्ने स्पष्ट भएको छैन यी सबै घटनाक्रम हेर्दा अब संसद चलेपनि यो सत्ता खिचातानीको थलो बन्ने स्थिति छ । त्यसैले राजनीतिक बृत्तमा भित्रि रुपमा मुलुकलाई फेरी चुनावमै लैजाने प्रयास भइरहेको चर्चा पनि चल्दैछ । तत्कालिन घटनाक्रम अनुसारका राजनीतिक संभावनाहरु विभिन्न खालका भए पनि समग्रमा मुलुक फेरी राजनीतिक अस्थिरताको दुस्चक्रमा फसेको छ । वास्तवमा अहिलेको राजनीतिक अस्थिरताको कारण के हो ? अयन को हो ? काग्रेस कम्यूनिष्ट दुबै धारका नेताहरु किन जनमुखी बन्न सकिरहेका छैनन् ? यस्तै प्रश्नहरुमा केन्द्र रहेर अहिलेको राजनीतिक अवस्थाबारे बिष्लेषण गर्न आज मैले तीन जना लेखक÷ विष्लेषकहरुलाई निम्त्याएको छु । जो अहिलेको परिस्थितिको आंकलन पहिले देखि नै गर्दै आएका थिए ।आज मसंग हुनुहुन्छ, लेखक÷विष्लेषकहरु नारायण ढकाल, सरिता तिवारी र गेजा शर्मा वाग्ले ।आउनुहोस् स्वागत गरौ आजका मेरा तिनै जना अतिथीहरुलाई ।
    18 March 2021, 12:20 pm
  • 1 hour 17 minutes
    नेपाली राजनीतिका अगुवा युवा नेता: नेतृत्वमा कहिले र कसरी ? Youth Leaders on Current Political Situation...
    झण्डै ४० प्रतिशत युवाहरुको जनसंख्या भएको देशमा पनि किन आज विषेशगरि राजनीति दलका युवाहरु नयाँ सोच र विचारको कुरा नगरेर पुरानै नेताहरुको स्वार्थको भ¥याङ बनिरहेका छन् ? आन्दोलनका अग्र मोर्चामा रहेर व्यवस्था ढाल्न तथा राजा फाल्न सक्ने युवाहरु किन आफ्नै पार्टी भित्रका नेताहरुमाथि सामान्य प्रश्न समेत गर्न सक्दैनन् ? परिवर्तनको संवाहक भन्ने ती यवाहरुलाई नेताहरुको भजन मात्र गाउने पर्ने वाध्यता के छ ? आफ्नो आत्मविश्वास वा कर्मले भन्दा पनि नेताको आशिर्वादबाट मात्र अघि बढ्न सकिन्छ भन्ने गलत प्रबृत्ति युवाहरुमा बढ्दै गएको हो ? नयाँ तथा युवा नेतृत्वका लागि उनीहरुका पार्टी कति लोकतान्त्रिक छन् ? अबको राजनीतिमा युवाको स्पेस र हस्तक्षेप कस्तो हुनुपर्छ? आज मैले युवाविद्यार्थी फाँटमा काम गर्ने तीन जना युवाविद्यार्थी नेताहरुलाई निम्त्याएको छु । आजको संवादमा मसँग हुनुुुुहुन्छ, नेकपा दाहाल नेपाल समूह निकट अनेरास्ववियूका नेता तथा पूर्व उपाध्यक्ष सुरेन्द्र बस्नेत, नेकपा ओली समूह निकट अनेरास्ववियूका नेता तथा पूर्व उपाध्यक्ष सुनिता बराल र नेपाली काग्रेसको विद्यार्थी संगठन नेविसंघका महामन्त्री युवराज पाण्डे
    9 March 2021, 4:33 am
  • 1 hour 7 minutes
    ओलीलाई अयोग्य भन्नेहरुले खोजेको योग्य प्रधानमन्त्रीको क्षमता के हो ?
    प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सनकका कारण विघटन भएको प्रतिनिधि सभा सर्बोच्च अदालतको फैसलाले ब्यू“तेको छ । अब कुनै शासकमा ‘ओलि प्रबृत्ति’ हावि भए नागरिक शक्तिको बलमा त्यस्ता शासकको हविगत ओलीकै जस्तो हुन्छ भन्ने पाठ पनि सिकाएको छ । तर के नेपालका राजनीतिक दल र तीनका नेताहरुमा ओली प्रबृत्ति अन्त्य भएको हो र ? हामीले बुझ्नै पर्ने सर्बोच्च अदालतको फैसलाको अर्थ र महत्व के हो ? जथाभावी संविधानको मर्म माथि प्रहार गर्नेले थप के बुझ्न जरुरी छ ? संविधानको इमान्दार कार्यान्वयनमा अब कस्तो होसियारी आवश्यक छ ? दल र नेताहरुलाई कसरी जवाफदेही बनाउन सकिन्छ ? आज मैले संविधानविद् डा. विपिन अधिकारीलाई निम्त्याएको छु । अधिकारीले संविधानसभाबाट संविधान निर्माण गर्ने क्रममा विषेश भुमिका खेल्नुभएको छ । सवोच्व अदालतका पुर्व न्यायाधिसहरु समेत रहेको संविधान निगरानी समूहका सदस्य अधिकारी संविधान निर्माण गर्दाको मर्म र हाल संविधानमा लेखिएका अक्षरहरुको अर्थ राम्ररी बुझन् सक्नुहुन्छ । आउनुहोस् स्वागत गरौ आजका मेरा अतिथि काठमाडौ विश्व विद्यालयका पुर्व डीन संविधानविद् डा. विपिन अधिकारीलाई ।
    25 February 2021, 1:29 am
  • 1 hour 2 minutes
    ‘हामी आफैले गरेका क्रान्तिलाई सम्मान गर्न सकेनौं’- आहुति Ahuti in TOUGH talk with Dil Bhusan Pathak
    निरंकुश जहानिया“ राणाविरुद्धको आन्दोलन सफल भएको सम्झनामा हरेक बर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ । तर हरेक बर्ष दिवस मनाए पनि प्रजातन्त्रको मुल्य मान्यता र मर्मको आत्मसात भने सात दशक वितिसक्दा पनि भएको छैन । अझै पनि सामाजिक संरचना विभेदकारी छ र जातीय छुवाछुतदेखि लैगिक विभेदका अनगिन्ती घटनाहरु घटिनै रहेका छन । शासकीय संरचनामा देखावटीरुपमा प्रजातान्त्रिक छन्, तर ती संरचनाबाट हुने कार्यसम्पादन प्रजातान्त्रिक छैन । बरु बेलाबखत शासन सत्तामा पुगेका नेता र दलहरुमा उही जहानिया“ राणा शासकको शैली प्रकट हुन्छ । प्रजातान्त्रिक मुल्य मान्यताहरुलाई कुल्चिदै हिड्ने मोह भेटिन्छ । अहिले त प्रजातन्त्र भित्रको पनि उत्कृष्ट मानिने संघीय लोकतान्त्रिक शासन प्रणालीको अभ्यास थालिएको छ । तर संघीयता राम्ररी लागू नह“ुदै यसलाई दुषित पार्ने विकृत प्रयासहरु भएका छन् । राजनीतिक व्यवस्था परिवर्तन भयो नागरिकको अवस्था किन परितर्वन भएन ? अझै पनि किन नागरिकहरु समाजिक विभेदको शिकार भइरहेका छन् ? किन प्रजातन्त्र प्रजातन्त्र जस्तो हुन सकेको छैन ? आज मस“ग बैज्ञाननिक समाजवादी पार्टीका संयोजक, तथा लेखक आहुती हुनुहुन्छ ।
    18 February 2021, 9:59 am
  • 1 hour 13 minutes
    होसियार ! तपाईँ फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्विटर लगायतका सामाजिक सन्जाल चलाउनु हुन्छ ?
    संविधानले नै दिएको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने कोशिस । त्यो भनेको तपाई हामीले प्रयोग गर्दै आएको फेसबुक, युट्युव, इन्स्टाग्राम, टिकटक वा ट्विटर, जस्ता विभिन्न समाजिक संजाल र अनलाइनमा गरिने अभिव्यक्तिमा लगाम लगाउने खालको प्रावधानसहितको निर्देशिका । संविधानले पनि मौलिक हक अन्तर्गत नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिएको छ । लोकतान्त्रिक विधि र प्रक्रियाबाट बनेको सरकार किन यसरी संविधानकै उलंघन गर्दै जनताको मुख गर्न खोज्दैछ ? सरकार किन एक पछि अर्को गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न खोज्दैछ ? अनि स्वयं सामाजिक सञ्जाल, अनलाईन मिडियाहरु चांही कति मर्यादित छन् ? यसलाई नियमन गर्ने छुट्टै कानूनको आवश्यकता पर्छ कि विद्यमान कानूनबाटै पनि नियमन गर्न सकिन्छ ? यस्तै प्रश्नको जवाफ खोज्न आज मसं“ग हुनुहुन्छ, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षद्धय तारानाथ दाहाल र शिव गा“उले, र साईबर कानून र नीतिहरुबारे बिषेश जानकारी राख्नुहुने नेपाल इन्टरनेट सोसाइटीका अध्यक्ष सन्तोष सिग्देल ।
    11 February 2021, 11:09 am
  • 1 hour 17 minutes
    यो वैशाखको चुनाव प्रधानमन्त्रीको राजनीतिक जीवनमरणको सवाल । TOUGH talk with Dil Bhusan Pathak
    प्रतिनिधि सभाको हठात् विघटन र संबैधानिक आयोगहरुमा गरिएको जबरजस्ती नियुक्तिले मुलुकमा फेरी राजनीतिक तनाव र अन्योलता बढेको छ । प्रधानमन्त्रीविरुद्ध विरोधका नाममा मुलुकलाई ठूलो आर्थिक क्षति पुग्ने आमहड्ताल लगायतका कार्यक्रम हुन थालेका छन् । यता सत्तँमा रहेको पार्टी नै सडकमा शक्ति प्रदर्शनमा उत्रिइरहंदा २०४६ साल अघिका ‘पञ्च¥याली’को झल्को आउ“दैछ । के घोषित मितिमा चुनाव हुने अवस्था छ ? चुनावका लागि राजनीतिक वातावरण छ ? यसका लागि कानूनी र प्राविधिक अवस्ता कस्तो छ ? विगतमा, यस्तै राजनीति अनिश्चियका बीचमा चुनाव गर्न कति कठिन थियो ? यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मैले पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललाई निम्त्याएको छु । उहा“संग झण्डै १० बर्ष लामो सशस्त्र द्धन्द्धको समाप्तीपछि २०६४ सालको कठिन समयमा कोषेढुंगा संविधान सभा चुनाव गराएको अनुभव छ । त्यस्तै लामो समय मुलुकको प्रशासनिक नेतृत्वमा रहनु भएका पोखरेलले मुलुकको शासन, प्रशासन, राजनीतिक नेतृत्व देखि नागरिकका नियतिहरुलाई नजिकबाट नियाल्नु भएको छ । आउनुहोस् स्वागत गरौ आजका मेरा अतिथि पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललाई । 

    4 February 2021, 12:52 pm
  • 1 hour 9 minutes
    मुख्यमन्त्रीको संघीय अनुभव Dormani Poudel, Chief Minister in TOUGH talk with Dil Bhusan Pathak
    बाग्मति प्रदेशले भने प्रदेशको नाम र राजधानीको विवाद सल्टाइसकेको छ । यो प्रदेश अन्य भन्दा केही फरक छ । किनकी यही प्रदेशमा मुलुकको केन्द्रीय राजधानी छ । तीन वटा ठूला महानगरपालिका, एक उपमहानगरपालिका समेत छ । त्यसैले यो प्रदेशका हरेक गतिविधिमा केन्द्रीय राजधानी समेत जोडिन्छ र प्रदेशले गरेका काममा केन्द्रको नजर परिरहन्छ । त्यति मात्र होइन केन्द्रीय राजनीतिमा भएको अस्थिरताको बीउ पनि अहिले यो प्रदेशमा रोपिइसकेको छ । ५ बर्षका लागि बनेको सरकारका मुख्यमन्त्रीमाथि अहिले संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेश सरकार बनेपछि संघीयताको अभ्यास कसरी भइरहको छ ? केन्द्र र स्थानीय तहबीचको पुलको रुपमा प्रदेशले कतिको काम गर्न सकेको छ ? विकास निर्माण र दैनिक जनताका सुविधा प्राप्तिको अवस्था के छ ? केन्द्रमा जस्तै अब प्रदेशमा पनि अस्थिरता सुरु भएको हो ? यस्तै प्रश्नहरुमाथि संवाद गर्न म वाग्मति प्रदेशको राजधानी हेटौडा आइपुगेको छु । मसंग हुनुहुन्छ– बाग्मति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल । उहा“विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा म उहा“संग संवाद गर्दैछु ।
    27 January 2021, 6:15 am
  • 1 hour 15 minutes
    राजाको विकल्प राजा राजतन्त्रमा मात्र हो । Hari Sharma in TOUGH talk with Dil Bhusan Pathak
    खासमा नेपालमा किन कुनै पनि व्यवस्थाले स्थायित्व दिन सकिरहेको छैन ? र किन हाम्रा नेता समाजसंग जोडिन सकिरहेका छैनन् । नेपाली राजनीति र हाम्रो समाजको अपेक्षा कहँं डिस्कनेक्ट भयो ? लोकतन्त्र र गणतन्त्रका लागि लडेका नागरिकहरु किन पटक पटक त्यही माग राखेर सडकमा आउने स्थिति बन्छ ? कुनै समय यो समाजले आदर्श मानेका तिनै नेताहरुको अहिले यति तल्लोस्तरमा गिरेर एकअर्का गालीगलौज गर्दा आम मानिसको मनमा के गुज्रदैहोला ? उनीहरुको व्यवहारले भावी पस्तालाई कस्तो असर पार्छ ? राजनीतिक नेतृत्वले नै लोकतान्त्रिक व्यवस्था र त्यसको मर्म किन बुझ्न सकिरहेको छैन ? यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मैले राजनीतिशास्त्री हरि शर्मालाई निम्त्याएको छु । पुर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला देखि प्रथम राष्ट्रपति डाक्टर रामबरण यादवको राजनीतिक सल्लाहकारका रुपमा समेत काम गरिसक्नुभएका शर्मा राजनीतिका कुशल अध्येता र विष्लेषक हुनुहुन्छ । आउनुहोस् स्वागत गरौ आजका मेरा अतिथि राजनीतिशास्त्री हरि शर्मालाई ।
    21 January 2021, 2:28 am
  • 1 hour 1 minute
    Dr. Devendra Raj Pandey on Civil Society Role in Nepal
    नेपालमा नागरिक समाज र सङ्गठनमाथि पनि केही जटिल प्रश्नहरू उठ्ने गरेका छन् । अबको नागरिक समाज कस्तो हुने ? नागरिक समाज कतिको निष्पक्ष छन् त ? जनताको मुद्दा महँगी, सुरक्षा, न्याय जस्ता विषयमा मौन अनि राजनीतिक मुद्दामा चर्को स्वर किन हुन्छ नागरिक समाजको ? कतै पपुलिस्ट हुने बाटोमा मात्र लागेको त हैन नागरिक समाज ? नागरिक समाजको रुपमा प्रकट हुने समूह आफै चाही राजनीतिक रुपमा कति विभाजित छ ? कतिपय नागरिक समाजका व्यक्तिहरु किन आफूलाई अगुवा र अन्यलाई पछुवा भनेर राज्य र दल जस्तै सामाजिक तहहरु निर्माणमा व्यस्त छन् ? पछिल्लो समय पब्लिक स्पेयर साँगुरिदै गएको हो ? डिजिटल मिडिया तथा सामाजिक सञ्जालको विकासले कस्तो प्रभाव पारेको छ ? यस्तै प्रश्नको जवाफ खोज्न आज मैले नागरिक अगुवा डा देवेन्द्रराज पाण्डेलाई निम्त्याएको छु । पञ्चायतकालमा सचिव र २०४७ सालमा अन्तरिम सरकारका अर्थमन्त्रीको समेत भूमिका निर्वाह गर्नुभयो । अमेरिकाको ‘पिटर्सवर्ग विश्वविद्यालयबाट ‘पब्लिक एण्ड इन्टरनेसनल अफेयर्स’मा पिएचडि गर्नु भएको पाण्डेले भ्रष्टाचार, सुशासन, लोकतन्त्र लगायतका बिषयमा पुस्तकहरु पनि लेख्नुभएको छ ।
    14 January 2021, 1:36 am
  • 1 hour 1 minute
    ‘ओली साह्रै हीनताबोधी । बिदेशीले फुर्काएपछि ओलीको कुबुद्धिले यहाँ पुर्यायो ।’ - राधाकृष्ण मैनाली
    केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव नेपाल कस्ता प्रबृत्तिका व्यक्ति हुन् र उनीहरु कसरी सञ्चालित छन् ? ओलीको कदम र नेकपाको विभाजनले अब नेपाल फेरी सधैका लागि राजनीतिक अस्थिरताको बाटोमा प्रवेश गरेको हो ? यस्तै प्रश्नको जवाफ खोज्न आज मैले लामो समय कम्यूनिष्ट आन्दोलनमा विताउनु भएका र त्यो बेला अहिले शक्तिशाली भनिने नेताहरु भन्दा पनि माथिका नेता राधाकृष्ण मैनालीलाई निम्त्याएको छु । २०२८ सालको झापा आन्दोलनका मुख्य नेता मैनाली २०४६ सालको आन्दोलनमा बाममोर्चाको नेताको रुपमा अग्रभूमिकामा हुनुहुन्थ्यो । २०५४ सालमा एमाले विभाजनपछि माले पार्टीमा लाग्नुभयो । त्यसपछि पुनः एकिकरणबाट एमालेका जोडिनु भएको मैनाली तत्कालिन राजा ज्ञानेन्द्रको शासनकालमा पार्टी छाडेर राजाको मन्त्री बन्नुभयो । दोस्रो जनआन्दोलन सफल भएपछि तत्कालिन माओवादी केन्द्रमा जोडिनु भएका मैनाली पछि फेरी एमालेमै फर्किनुभयो तर पार्टी अनुशासनको कारावहीमा परेपछि अहिले निष्क्रिय हुनुहुन्छ । आउनुहोस् स्वागत गरौ आजका मेरा अतिथी राधाकृष्ण मैनालीलाई ।
    5 January 2021, 6:12 am
  • More Episodes? Get the App
© MoonFM 2024. All rights reserved.